काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले विगतमा आफूले उठाएको प्रश्न अहिले आफू तिरै फर्किएको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजीनामा नदिने नदिने गृहमन्त्रीको हातमा रहेको बताए।
राजीनामा बारे उनले भने, ‘हिजो उहाँले प्रश्न उठाउनुभएको थियो, अब आज उठेको प्रश्नको जवाफ कसले दिने ? उहाँ आफैँले गर्नुपर्छ। हिजो प्रश्न गरेको सही हो कि आजको सही हो भन्ने उहाँले निर्णय गर्नुपर्छ। उहाँ आफैले गर्नुपर्छ।’
उनले पार्टीको अध्यक्षले गृहमन्त्रीलाई क्लिनचिट दिएर नहुने बताए।

Leave a Reply