तेन्जिङसँगै चढेका कान्छा शेर्पा भन्छन्- ‘केहि सिजन सगरमाथालाई आराम दिऊँ

काठमाडौं । आज मे २९ अर्थात् विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको दिन । नेपाल सरकारले सन २००८ बाट अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आएको छ ।

सन १९५३ मा यो रेकर्ड बनेको थियो । बेलायत नेतृत्वको आरोहण दलमा रहेका नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमन्ड हिलारीले सगरमाथा शिखर चुमेका थिए । सोही आरोहण दलका एक तत्कालीन कान्छा सदस्य थिए कान्छा शेर्पा ।

उमेरले मात्रै होइन नामले पनि कान्छा शेर्पाले ८ हजार मिटर उचाइमा पुगेर फर्किएका थिए । उनी अहिलेसम्म जीवित प्रथम सगरमाथा आरोहण दलका एक्ला अनुहार हुन् । र उनी सगरमाथाको स्वास्थ्यमा चिन्तित छन् ।

आफ्नो जीवन कथा समेटेर अमेरिकी लेखकले लेखेको पुस्तक ‘टफ एण्ड चियरफुल’मा कान्छाले सगरमाथाको स्वास्थ्यमा चिन्ता जाहेर गरेका छन् । उनले भनेका छन्, ‘सगरमाथालाई केहि सिजन आराम चाहिन्छ होला । यसले सगरमाथाको महत्त्व झनै बढाउँछ ।’

कान्छाले सगरमाथाको बारेमा मात्रै होइन हिमाल क्षेत्रको बारेमै चिन्ता लिएका छन् । उनले भनेका छन्, ‘पहिले पहिले नाम्चेमा हिउँ पर्दा चार पाँच महिनामा मात्रै पग्लिन्थ्यो । आजकाल त हिउँनै देखिन्न ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *