काठमाडौं । बंगलादेशबाट नेपाल घुम्न आएका नागरिकलाई अपहरण गरी बन्धक बनाउँदै शारीरिक तथा मानसिक यातना दिने कार्यमा संलग्न भारतीय नागरिकहरूको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारत नयाँ दिल्लीका ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, पञ्जाबकै ३६ वर्षीय सन्दिप कुमार, पञ्जाबकै ३८ वर्षीय जसप्रित सिंह र कानपुरका ६४ वर्षीय रमेश जाधव छन् ।
प्रहरीका अनुसार ती बंगलादेशी नागरिकहरूलाई सस्तो मूल्यमा काठमाडौं घुमाउने आश्वासन दिई ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा लगेर बन्धक बनाइएको थियो।
उनीहरूको साथमा रहेको नगद तथा मोबाइल लिई, आफन्तहरूलाई वाट्सएप मार्फत फिरौती रकम माग गरिएको उजुरी प्रहरीमा दर्ता भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानपछि थप दोषीहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइनेछ।

Leave a Reply