वाम एकताबारे शंकर पोखरेल भन्छन्–पार्टी प्रवेश र ध्रुविकरणलाई प्राथमिकता दिएका छौं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्काल वामपन्थी नामका पार्टीहरुसँग एकताको आवश्यकता र सम्भावना नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वामपन्थीका नाममा कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न विभाजनको खेति गर्नेहरुसँग एकताको अर्थ नहुने बताए ।

उनले एमालेको प्राथमिकता र उद्देश्य पार्टी एकता भन्दा पनि पार्टी प्रवेश र ध्र्विकरणमा रहेको बताए । अर्को एक प्रसंगमा महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण एमाले नेताको हैसियतले भन्दा पनि पूर्व राष्ट्रपतिकै हैसियतमा भएको बताए ।

उनले विगतमा पार्टीको नेता भएका कारण एमालेका नेताहरु भ्रमण दलमा सामेल हुनु स्वभाविक रहेको पोखरेलको दावी छ । भण्डारीले एमाले नेताकै हैसियतमा चीनमा सम्बोधन र भेटवार्ता गरेको सन्दर्भमा पोखरेलले यसमा कुनै आश्चर्य नभएको बताए । उनले यो भ्रमणबाट दुई देशबीचको सम्बन्धमा बल पुग्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *