एमाले गण्डकीद्वारा युवा संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

पोखरा। नेकपा एमाले गण्डकीले युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ।

एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले देशमा आशा र बिश्वास र सम्भावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमिति ले प्रतिष्पर्धी सबैको भावनाअनुरूप कार्ययोजनासहित काम गर्न आग्रह गरे ।

शर्माले देश र पार्टी निर्माणका लागि ससक्त युवा चाहिने हुँदा युवाहरूमा आशाको संचार हुने गरि काम गर्न आग्रह गरे । नव निर्बाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा मुताबिक सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे।

नव निर्बाचित समितिलाई सो पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सल्लाहकार परिषद अध्यक्ष मोहन रेग्मी ,उपाध्यक्ष मीन प्रसाद गुरुङ, सचिव धनन्जय दवाडी ,उप सचिब दाम बहादुर बिकसहितले बुधबार एक विशेष कार्यक्रमकाबीच सम्मान गरेका हुन्।

अध्यक्ष नवराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यालय सचिव आर के पोख्रेलले जानकारी दिए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *