काठमाडौं । आन्तरिक राजस्व विभागअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालयले करिब दुई दर्जन कम्पनीलाई बक्यौता कर तिर्न ताकेता गरेको छ । कार्यालयले २१ कम्पनीलाई बक्यौता कर तिर्न ताकेता गरेको हो ।
कार्यालयका अनुसार बक्यौता कर बाँकी रहेकाहरूमा माउन्ट एभरेस्ट ब्रुअरी प्रालि, डिभाइन स्ट्रिम नेटवर्क प्रालि, सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र विशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि रहेका छन् ।
यसका साथै श्री खानीखोले इन्टरप्राइजेज, शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि., मस्टा ग्रुप प्रालि, एडभान्स केमिकल इन्डस्ट्रि प्रालि, भुसाल केवल एन्ड वायर इन्डस्ट्रिज प्रालिको पनि बक्यौता कर रहेका छ ।
त्यस्तै, लोकेन्द्र इन्टरप्राइजेज, गोरखा डिपार्टमेन्ट स्टोर, स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इन्जिनियरिङ प्रालि, श्यामबाबा राइस एन्ड फ्लोर मिल, चजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेन, बज्रयोगिनी हार्डवेयर प्रालि, गुआङडोङ युआनियन रमण ज्वाइन्ट भेन्चर, एसएनजी एग्रो प्रालि, बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि र शान्भी इन्टरनेशनल कम्पनी प्रालिको बक्यौता कर रहेको छ ।
कार्यालयले बक्यौता कर तिर्न बाँकी रहेका कम्पनीहरूलाई १५ दिनको समय दिएको छ । तोकिएको समयमा दाखिला नगरे आयकर ऐन, अन्तःशुल्क ऐन र मूल्यअभिवृद्धि कर ऐनअनुसार कारबाही हुने कार्यालयले जनाएको छ ।


Leave a Reply