सार्वजनिक बिदामा पनि एनएमबि बैंकका १० शाखा खुल्ने 

काठमाडौं । सार्वजनिक बिदाको दिन (यहि जेठ १५ गते बिहीबार) एनएमबि बैंकको विभिन्न शाखा कार्यालयहरू खुल्ला रहने भएका छन् । सार्वजनिक बिदामा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवा प्रदान गर्न शाखा कार्यालयहरू सञ्चालन गरिने बैंकले जनाएको छ ।

कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको गोलमाडी,  गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको नेपालगंज र सुदूरपश्चिम प्रदेशको लम्की शाखा सञ्चालन हुने भएका छन् । यसका साथै होलिडे काउन्टर भएका शाखाहरू विराटनगर, काठमाडौंको कान्तिपथ, बुटवलको ट्राफिक चोक र कञ्चनपुरको महेन्द्रनगर कार्यालय समेत सञ्चालन हुने बैंकले जनाएको छ ।

यी कार्यालयहरू बिहान १० बजेदेखि ४ बजेसम्म खुल्ला रहने भएका छन् । उक्त कार्यालयहरुबाट आईपीएस, क्लियरिङ र आरटीजीएस लगायतका सेवाहरू समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *