एमालेले भन्यो- विपक्षी दलले असंसदीय र गैरराजनीतिक व्यवहार देखाए (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को रोष्ट्रममा सरकारलाई जान रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताए।

उनले भने, ‘गृहमन्त्री बोल्न तयार हुनुहुन्छ। हाउसमा आउनुभएको छ। भोलि संवैधानिक हिसाबले बजेट प्रस्तुत गर्नुपर्नेछ। त्यस्ता कुरामा पनि उहाँहरू गम्भीर नबन्नु दुखद हो।’
उनले गृहमन्त्रीको कुरामा चित्त नबुझे विपक्षीलाई आफ्ना कुरा राख्न छुट रहेको बताए। उनले गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको टिप्पणी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *