अभियुक्त गृहमन्त्रीले अब बयान दिने हो, सदनमा भाषण होइन : सांसद दाहाल (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संस्थागत संलग्नता भएको दाबी गरेका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब गृहमन्त्री रमेश लेखकले जवाफ नभई राजीनामा दिनुपर्ने बताए।

उनले भने, ‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो। अब बयान दिने हो, जवाफ दिने होइन। अब उहाँ अभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन। राजीनामा दिनुपर्छ। राजीनामा हाम्रो प्रष्ट माग छ। त्योभन्दा दायाँबायाँ हुँदैन।’

उनले गृहमन्त्रीको राजीनामा नआई सदन अगाडि बढाउन नदिने बताए। उनले यो सरकार बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको दाबी गरे।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल बन्छ, बेचन झाको बयान पनि भएको छैन अहिलेसम्म। बयानै नभई जेल बसेका पहिलो पात्र होलान्। अहिले बजारमा सिटामोल काण्ड आएको छ, यसको सत्यतथ्य अनुसन्धान गर्नुपर्छ।’

Comments

3 responses to “अभियुक्त गृहमन्त्रीले अब बयान दिने हो, सदनमा भाषण होइन : सांसद दाहाल (भिडिओ)”

  1. Ra Avatar
    Ra

    Love it ❤️

  2. ksp pyl Avatar
    ksp pyl

    के आधारमा अभियुक्त ? जे पनि बोल्ने ?

    1. samir Avatar
      samir

      कालो काङ्ग्रेस , भ्रष्ट एमाले र हत्यारा माओवादीका सबै देश लुट्ने अपराधी हुन। त्यसैले अभियुक्त हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *