गणतन्त्र माओवादीका लागि सामान्य होइन : पूवमन्त्री शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति समिति सदस्य एवं पूर्वमन्त्री रेखा शर्माले अरूका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् ।

कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मङ्गलवार काठमाडौं गरेको पिसिएन संवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘गणतन्त्र सानोतिनो दुखले आएको होइन । यसमा जनताको ठुलो योगदान छ माओवादीका लागि गणतन्त्र रगतले लेखिएको हो । राजनीतिक विचारले मात्रै होइन भावनात्मक हिसाबले पनि हो ।’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी माओवादी नेता शर्माले कतिपय सानातिना कमजोरीलाई हेरेर गणतन्त्रमाथि प्रश्न उठिरहेको र अर्कोतिर अहिले सरकारमा बसेकाले काम गर्न नसकेकाले प्रश्न उठिरहेको बताइन् ।

उनले भनिन्, ‘गणतन्त्रप्रति प्रश्न उठाइएका छन् । यो लोकतान्त्रिक गणतन्त्र कतिपयलाई मन परेको छैन । सानातिना कमजोरीलाई उठाएर प्रश्न उठेका एउटा मन नपरेर र अर्को वातावरण नबनेर उठिरहेको छ । सरकारमा बसेकाले काम गर्न नसकेका कारण प्रश्न उठ्ने अवस्था आएको छ । गणतन्त्रको पक्षमा लड्ने पक्षमा नभएर अरूको पक्षमा काम भइरहेकाले प्रश्न उठिरहेको छ । सुशासन आजको आवश्यकता हो । त्यसको पक्षमा काम गर्न जरुरी छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *