माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा (भिडिओ)

काठमाडौं । नेकपा माओवादीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।

आज बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

गृहमन्त्री पदमा हुँदा अनुसन्धान प्रभावित पार्नसक्ने माओवादीको आशंका छ।

उनले भने, ‘गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ। यो कुरा कांग्रेसकै नेताहरूले पनि उठाउनुभएको छ। राज्यका निकायले छानबिन सुरू गरिसकेको छ यस्तो स्थितिमा अब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ताकी पहुँच प्रभाव र पावर प्रयोग हुन नपाओस्, स्वतन्त्र निष्पक्ष छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ।’

तुरुन्त गृहमन्त्रीले राजीनामा नदिएर जति ढिलो गर्‍यो उति नै सरकारको साख गिर्दै जाने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *