काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा निर्वाचनका लागि मनाेनयन दर्ता प्रक्रिया सुरु भएको छ ।
अध्यक्षका उम्मेदवार क्षितिज थेवेले उम्मेदवारी दर्ता गराएका छन् । उनका समर्थकहरुको नाराजुलुससहित उनले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिबाट जारी तालिकाअनुसार अहिले ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
संघमा कूल प्रतिनिधि १७५१ जना छन् । सोमबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान समय राखिएको छ । त्यसपछि मतगणनाको समय निर्धारण गरिएको छ ।
संघको सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास सफल नभएपछि मतदान हुने भएको हो । महासचिव सुमन पुरी अध्यक्षका अर्का दाबेदार हुन् । उनले पनि मनोनयन दर्ता गराउँदै छन् ।


Leave a Reply