देउवा-लेखकसहित कांग्रेसका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको छलफलमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल कृषिमन्त्री रामनाथ अधिकारी थिए ।

त्यस्तै, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजू राणालगायत सहभागी थिए ।

भिजिट भिसामा जानेबाट शुल्क असुल्ने गरेको भनेर त्रिभुवन विमानस्थलको अध्यागमनका अधिकारीमाथि छानबिन भइरहेको र गृहमन्त्री लेखकको पनि संलग्नता रहेको भन्दै राजीनामा माग भइरहेको छ ।

यही बेलामा दुई दलका शीर्ष नेताहरुबीचको गृहमन्त्री लेखकसहितकाे छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Comments

One response to “देउवा-लेखकसहित कांग्रेसका शीर्ष नेता बालुवाटारमा”

  1. ksp pyl Avatar
    ksp pyl

    एमालेलाई हत्त न पत्त किन काँग्रेसको काँध थाप्नुपरेको नि ? ल मानौं यो घटनामा लेखकको संलग्नता देखिएन रे । तर पनि आफ्नो मन्त्रालय अन्तर्गतको महत्वपूर्ण निकायमा यसरी सेटिङ्मा भ्रष्टाचार भैरहदा पनि थाहा नपाए झै गर्ने, वा थाहा नै नपाउने असक्षम गृहमन्त्री निस्किएनन् लेखक ? कर्मचारीले खुरूखुरू मानव तस्करी गरिरहेको छ मन्त्री सुईको पाउँदैनन भने यसता असक्षम गृहमन्त्री किन पदमा बस्ने ? त्यो पनि त एउटा पाटो हो नि । सिधै खानु पर्छ र ? सल्लाहाकार, पिए राखेकै यस्तै पैसा बटुल्न त हो नि । तिनको संलग्नता भेटिएमा पनि राजिनामा दिने कि नदिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *