भारत तालिवानसँग नजिकिएपछि चीनले ल्यायो तालिवान र पाकिस्तानलाई एकै टेबलमा

काठमाडौं । पछिल्लो समयमा पाकिस्तानसँग जत्ति तनाव बढ्छ भारतले त्यति धेरै अफगानिस्तानमा सत्ता चलाइरहेका तालिवानसँग सम्बन्ध बनाइरहेको छ, तर पछिल्लो समयमा यसलाई काउन्टर दिने जस्तो गरेर चीनले पाकिस्तान र तालिवानलाई एउटै टेबलमा ल्याएको छ ।

गत बुधबार चिनियाँ विदेशमन्त्री वाङ यिले पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीलाई आफ्नो दायाँबायाँ राखेर हात मिलाइदिए । यी तीन विदेशमन्त्रीको यो भेट चीनको राजधानी बेइजिङमा भएको थियो ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार चिनियाँ विदेशमन्त्रीले पाकिस्तान र अफगानिस्तानले कूटनीतिक सम्बन्धलाई बढाएर राजदूतस्तरमा पुर्‍याउने वाङ यिले बताएका छन् ।

उनले चीनले दुई देशको सम्बन्ध बलियो बनाउन सहयोग गर्ने पनि बताएका छन् । ६२ अर्ब डलरको चीन-पाकिस्तान आर्थिक करिडोर (सीपेक)को क्षेत्रफल पाकिस्तानबाट अफगानिस्तानसम्म पुग्ने पनि वाङ यिले सार्वजनिक गरेका छन् ।

अलजजिरासँग कुरा गरेका एक पाकिस्तानी कूटनीतिज्ञले दुई देशको अर्को चरणको भेट चाँडै हुने बताएका छन् । पाकिस्तान र तालिवान मिलाउन चीनले गरेको प्रयत्न र घोषणाका बारेमा भारत सरकारका उच्च अधिकारीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *