युवा संघको दशौं महाधिवेशनः क्षितिज थेबेलाई सुमन पुरीको काउन्टर, छुट्टाछुट्टै शक्ति प्रदर्शन (भिडिओ)

पोखरा । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनमा अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले महाधिवेशनस्थलमा छुट्टाछुट्टै शक्ति प्रदर्शन गरेका छन् ।

महाधिवेशनस्थलमा थेबेका समर्थकले उनलाई अध्यक्ष बनाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । त्यसलगत्तै पुरी समर्थकको नाराबाजीका साथ महाधिवेशनस्थलमा प्रवेश गरेका थिए ।

स्रोतका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेलाई अध्यक्ष दोहोर्‍याउन अध्यक्षमण्डललाई निर्देशन दिइसकेका छन्, तर महासचिव पुरी यस पटक अध्यक्ष नछाड्ने अडानमा छन् ।

Comments

One response to “युवा संघको दशौं महाधिवेशनः क्षितिज थेबेलाई सुमन पुरीको काउन्टर, छुट्टाछुट्टै शक्ति प्रदर्शन (भिडिओ)”

  1. laleek Avatar
    laleek

    जमानी युवा, पानी र हावालाई रोक्न सकिन्न, तु समाधानको तिर लाग, नत्र खैरियत छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *