आन्दाेलनमा साथ खोज्दै उपत्यकावासीको घरदैलोमा राजावादी नेताहरु ( तस्विरहरू/भिडिओ)

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिन घरदैलो कार्यक्रम सुरु गरेको छ।

आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै जमलबाट घरदैलो कार्यक्रम सुरु गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार घरदैलो कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

घरदैलो कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायत शीर्ष नेताहरू सहभागी छन् ।

घरदैलो कार्यक्रममा शीर्ष नेताहरुले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने प्रवक्ता श्रेष्टले बताए ।

Comments

5 responses to “आन्दाेलनमा साथ खोज्दै उपत्यकावासीको घरदैलोमा राजावादी नेताहरु ( तस्विरहरू/भिडिओ)”

  1. laleek Avatar
    laleek

    वाईयात् ! खुद नै अनुभूति गरेका जनताहरूले बुझेकैछन्, जलप लाउनु पर्दैन नि !

    1. Mania Thompson Avatar
      Mania Thompson

      @Laleek ए ज्यानमारा, घुस्याहा, एक नम्बरका र्यालेहरुले गरेको भए चैँ “जन जागरण” हुन्थ्यो कि तिमी जस्त झोलेहरु लाई।

    2. samir Avatar
      samir

      अहिलेको गाडतन्त्रले देश सक्ने भो भन्ने अनुभिती गरेकै छन् जनताले!

      गृहमन्त्रीहरुले नै दशौ हजार नेपालीलाई मानव तस्करी गरेर बेचेको देखिनस? अहिलेको लेखक होस वा पहिलेको खाड!

      1. manoj Avatar
        manoj

        well said

  2. manoj Avatar
    manoj

    hami sath denxau…eee Nalak haru lai falna lai

Leave a Reply

Your email address will not be published. Required fields are marked *