प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र

काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत कास्कीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्याबारे प्रचण्डलाई ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेका छन्।

उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *