सर्वोच्चको चेतावनीः सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरुको मानमर्दन नगर्नू (भिडिओ)

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिने क्रममा न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले यस्तो चेतावनी दिएका हुन् ।

आदेशको अन्तिम बुँदामा बहसका क्रममा नायब महान्यायाधिवक्ता र जाहेरवालाका वकिलहरुले तुल्सीपुर उच्च अदालतमा आदेश गर्ने न्यायाधीशहरु उपर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लाञ्छनापूर्ण टिप्पणी गरेको भनि इजलासलाई अवगत गराएको उल्लेख छ ।

यस विषयमा इजलासको ध्यानाकर्षण भएको आदेशमा जनाइएको छ ।

आदेशमा भनिएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढंगले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध (अब्स्ट्रक्सन अफ जस्टिस) हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।’

 

 

Comments

2 responses to “सर्वोच्चको चेतावनीः सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरुको मानमर्दन नगर्नू (भिडिओ)”

  1. Nick kashyap Avatar
    Nick kashyap

    न्यायधिशहरूनै दलहरूको कोटाबाट नियुक्त हुने हुनाले राजनैतिक नियुक्ती र नियुक्त हुने व्यक्तीको काम कारबाही आलोचनाको निम्ती योग्य हुन्छन् नै। तानाशाह को पो आलोचना गर्न पाइन्न।

  2. बीपी Avatar
    बीपी

    सचेत आलोक मा टेकेर आलोचना गर्न पाइन्छ महोदय अन्यायलाई अन्याय भन्न नपाइने वा गणान्त्रिकका व्यवस्था यस व्यवस्थाको लागि हामीले जीवन्त कुर्बानी गरेका छौं न्यायले भित्र शुद्धि कारण को टकारो खाँचो भई सक्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *