घनश्यामको विश्लेषण- कांग्रेस-एमालेले ०८४ को चुनावलाई बंगलादेश वा पाकिस्तानको जस्तो बनाउनसक्छन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्ता गठबन्धनकै कारणले सडक अराजक बन्दै गइरहेको आरोप लगाएका छन्।

वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सत्तामा हुनेहरुले जनताको भावना बुझ्न नसके अझै धेरै दुर्गा प्रसाईँहरु जन्मिने टिप्पणी गरे। उनले गणतन्त्रले आफ्नो नेता नपाएको बताए।

उनले भने, ‘लिडरशिप जुन थियो त्यो नालायक भयो। त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्यो। कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन्, त्यसो होइन । नेताहरूको धेरै ठूला प्रयत्नले यो देश बिग्रिएको हो।’

उनले सत्ता गठबन्धनलाई दलाल पूँजीवादको संज्ञा दिए। उनले अर्कोको खुट्टा तानेर सरकारमा पुगेकाहरुले गठबन्धनको बहादूरी देखाउँदै हिँडेको टिप्पणी गरे।

उनले भने, ‘यो राज्य नालायक छ। यो नालायक राज्यले निरन्तर आक्रोश उत्पन्न गरेको छ। यो आक्रोश बढ्दै जान्छ। त्यसलाई दमन गर्नको लागि अनेक खालका बदलाको कारवाहीहरु गरिरहनेछ। ती कानूनी, प्रशासनिक र अदालती हुनेछन्। अनेक हिसाबले बदलाको कारवाही गर्दै जानेछ। एकपछि अर्को बदलाको कारवाही गर्दै जान्छ।’

उनले सत्तामा रहेकाहरुको इतिहास गर्दा ०८४ को चुनावलाई बंगलादेश वा पाकिस्तानको चुनावजस्तो बनाउनसक्ने आँकलन गरे।

उनले थपे, ‘कानूनी बदलको कारवाही, गिरफ्तारी अनेक गरेर तिमी र म यति सीटमा मिलेर लड्ने हो। अरु सबैलाई हिँडाइदिने हो भनेर जेपनि गर्न सक्नेहरु सत्ता गठबन्धनमा छन्। ०८४ त्यस्तो चुनाव हुनसक्छ। त्यस्तो नभए अझै रमिता हुनेवाला छ। अहिलेको संसद्भन्दा डरलाग्दो संसद आउँछ। जसले हाम्रो यो संविधानको औचित्यमाथि नै प्रश्न खडा गर्छ।’

Comments

3 responses to “घनश्यामको विश्लेषण- कांग्रेस-एमालेले ०८४ को चुनावलाई बंगलादेश वा पाकिस्तानको जस्तो बनाउनसक्छन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    आवारा लफङ्गा कुरा गर्छ ।

  2. Bhim koirala Avatar

    घनश्याम कामरेड तर्क किन हरेक कुरामा नेगेटिभ हन्छ ?

  3. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    यिन्को काम त मन्त्री हुँदा देखिहालियो नि!अहिले ज्योतिष जस्तो भबिस्यबाणी गरेर बसेका छन! हरेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *