१५ गतेकाे आन्दाेलन अनुगमन गरिदिन मानवअधिकार आयाेगलाई नवराज सुबेदीकाे पत्र

काठमाडौं । राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको स्वतन्त्र र सुक्ष्म ढंगले पर्यवेक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार आयोगको कार्यालय ललितपुर पुगी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपालका शीर्ष नेताहरुले मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका हुन्।

१५ गते सुरु हुने आन्दोलनलाई शान्तिपूर्ण बनाउन आन्दोलनरत शक्ति प्रतिवद्ध रहेको स्पष्ट पारेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
सुवेदीसहित आयोगमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट मानवअधिकार आयोग पुगेका थिए।

आयोगको ध्यानाकर्षण गराउँदै नेताहरुले राजसंस्थावादी शक्तिको आन्दोलनलाई लिएर सरकारका तर्फबाट व्यक्त भएका अभिव्यक्तिहरू नै हिंसाप्रेरित देखिएको भन्दै राज्यको रवैयाको समेत प्रभावकारी अनुगमन गर्न आग्रह गरे।

आयोगसँगको भेटमा नेताहरुले जेठ १५ गतेका लागि निर्धारित आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने विश्वास दिलाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *