भूमि विधेयकबारे कांग्रेसले भन्यो- केही बुँदाहरूमा संशोधन गर्नुपर्छ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भूमि विधेयकका केही बुँदाहरू संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

आज बसेको संसदीय दलको बैठकले अव्यवस्थित बसोबास, भूमिहीन र दलित सुकुम्वासीको विषयमा सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताए।

उनले भने, ‘कतिपय ठाउँमा वन बुट्यान भनेर लेखिएको छ, कतिपय ठाउँमा हाट बजार भनेर लेखिएको छ। यस्ता थुप्रै समस्याहरू प्रस्तावित विधेयकमा रहेछन्, त्यसको कानूनी पाटो फुकाउनेको लागि २०६६ सालभन्दा अगाडि बसोबास गरिरहेकाहरूलाई उनीहरूको नाममा लालपुर्जा वितरण गर्ने हिसाबले यो ऐन आएको हो। त्यो ऐनको केही बुँदाहरूमा हामीले संशोधन गर्नुपर्ने देख्यौँ।’

बैठकले जग्गा व्यवसायलाई सहज बनाउने गरी ऐन अगाडि बढाउने निर्णय गरेको पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *