‘प्रिमियम हस्पिटालिटी आउटलेट’ मा फरक पहिचान बनाउँदै आरजी क्रिएसन्स

काठमाडौं । नेपालको हस्पिटालिटी तथा नाइट क्लब क्षेत्रको एक चिरपरिचित नाम आरजी क्रिएसन्सले ‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा फरक पहिचान बनाउँदै आएको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ भने चीनको ग्वाङ्दोङ प्रान्तको सेन्जेन सहरमा ‘लिंक वर्ल्ड टेक’ नामक साझेदार कम्पनी पनि सञ्चालनमा छ ।

विगत १५ वर्षदेखि आरजी क्रिएसन्सले काठमाडौं उपत्यका, देशका प्रमुख शहरहरू तथा विदेशसम्म फैलँदै होटल, इभेन्ट भेन्यु, नाइट क्लब, डिस्को, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब आदि हस्पिटालिटीसम्बन्धी प्रोजेक्टहरूको अवधारणा, निर्माण र सञ्चालन गर्दै आएको छ। यस क्रममा कम्पनीले लगानीकर्ताको सोच र बजेट अनुसार न्यूनतम लागतमा उच्चस्तरीय डिजाइन तथा निर्माण गरी छुट्टै मापदण्ड कायम गरेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष राम गिरी भन्छन्, ‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यु निर्माण गर्दा लागत न्यून गर्न, सुरक्षित बनाउने र भव्य तथा आकर्षक देखाउने कुरामा विशेष ध्यान दिन्छौँ। विश्वमा प्रचलित नयाँ ट्रेन्डहरूलाई कस्टमाइज गरी लागू गर्ने हाम्रो नीति हो ।’

आरजी क्रिएसन्सले प्रोजेक्टको अवधारणा, डिजाइनदेखि सञ्चालनसम्मको सम्पूर्ण सेवा एकै थलोबाट प्रदान गर्छ ।

‘हामीले प्रयोग गर्ने सामग्री, डिजाइन र कन्सेप्ट पूर्ण रूपमा कस्टमाइज गरिन्छ । सकेसम्म अरूले प्रयोग नगरेका सामग्रीको खोजी गरेर काम गर्छौँ,’ अध्यक्ष गिरीले बताए ।

आरजी क्रिएसन्समा स्ट्रक्चर, इन्टेरियर, आर्किटेक्चर, लाइट, साउण्ड, रंग संयोजनलगायतका क्षेत्रमा दक्ष विशेषज्ञ इन्जिनियरहरू कार्यरत छन् । साथै कम्पनीले कर्मचारीहरूलाई विदेशमा तालिमका लागि समेत पठाउने व्यवस्था मिलाएको छ ।

‘लिजेण्ड नेपाल’ : अन्तर्राष्ट्रिय मापदण्डको नयाँ प्रयास

काठमाडौंको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब ‘लिजेण्ड नेपाल’ आरजी क्रिएसन्सको अर्को बेंचमार्क प्रोजेक्ट हो। लण्डनमा उच्च शिक्षा प्राप्त युवा उद्यमी रमेश कार्कीले बेलायतमा प्राप्त अनुभवका आधारमा नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको क्लब सञ्चालन गर्ने सोच बनाएका थिए।

‘विदेशी कन्सल्ट्यान्टहरूसँग धेरै छलफल गरेँ तर सन्तुष्ट हुन सकिन। अन्ततः आरजी क्रिएसन्सले दिएको डिजाइन र कन्सेप्टले मन जित्यो,’ कार्कीले बताए।

आरजी क्रिएसन्सका अनुसार ‘लिजेण्ड नेपाल’ मा विश्वस्तरीय साउण्ड सिस्टम, साउण्ड प्रुफ टेक्नोलोजी, एलईडी स्क्रिन, लाइटिङ सिस्टम, हाइड्रोलिक मेसिनसहित ३०० भन्दा बढी अत्याधुनिक सामग्रीहरू प्रयोग गरिनेछन् ।

कम्पनीकी निर्देशक सुमित्रा पौडेल उप्रेती आरजी क्रिएसन्स नाफाभन्दा पनि लगानीकर्तालाई न्यूनतम लागतमा उच्चस्तरीय प्रोजेक्ट कसरी उपलब्ध गराउने भन्ने सोचमा केन्द्रित रहेको बताउँछिन् ।

दर्जनौं प्रोजेक्टको सफल हस्तान्तरण

आरजी क्रिएसन्सले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिका, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटल लगायतका प्रोजेक्ट निर्माण गरी सफलतापूर्वक हस्तान्तरण गरिसकेको छ। त्यस्तै धरान, इटहरी, पोखरा लगायतका शहरहरू तथा विदेशमा समेत हस्पिटालिटी प्रोजेक्टहरू निर्माण भइरहेको छ।

यसैबीच कम्पनीले काठमाडौंको दरबारमार्गस्थित डेजाभु डिस्को, भिक्टोरी लाउञ्ज, ठमेलस्थित फूल मुन क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित रात्रिकालिन व्यवसायहरू पनि निर्माण गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *