ढोरपाटनका मेयर देवकुमारलाई २० लाख धरौटीमा छोड्न आदेश, तत्काल थुनामुक्त नहुने

पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतका न्यायाधिश कृष्णजंग शाहको इजलासले मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् । धरौटी नबुझाएपछि उनलाई कास्की अदालतले नियमाअनुसार थुनामा राख्न भनी पत्र पठाएको छ ।

उनी अहिले बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो । सोही आदेशअनुसार उनी बागलुङ कारागारमा छन् ।

उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।

मेयर नेपालीले हिसाब मिलाउने क्रममा रहेको भनी बयान दिएको अदालतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *