काठमाडौं । नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको ७औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा मनोहर विश्वकर्मा चयन भएका छन् । यसअघि पनि अध्यक्ष रहेका उनी सम्मेलनबाट सर्वसम्मत रुपमा दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।
समाजको उपाध्यक्षमा मैना अछामी र निर्मल देउला चयन भएका छन् भने महासचिवमा अनुभूतिबम नेपाली चयन भएका छन् । नेपाली यसअघि उपाध्यक्ष थिए । त्यस्तै, उपमहासचिवमा सोमनाथ पोर्तेल, सचिवमा टेक घतानी, तेजकुमार विके, कल्पना बराल र मानदेव हजरा चयन भएका छन् ।
सम्मेलनले समाजको केन्द्रीय सदस्य खुलातर्फ प्रेम भुल, भारम सुनार, काशी खाती, हरि रसाइली, कृष्ण गदाल, मंगल नेपाली, नवीन घतानी, रवि सेन्चुरी, सन्त परियार, उमेश विश्वकर्मा, दशरथ राम, बलबहादुर परियार र सत्यराज स्नेहीलाई चयन गरेको छ ।
त्यस्तै, महिला सदस्यतर्फ नन्दकला दमाई, निर्मला परियार, मनबुजा विश्वकर्मा, सावित्रा परियार, अस्मिता परियार, अन्जना गहतराज, कल्पना रामदाम, हर्कमाया विश्वकर्मा, धनमाया विश्वकर्मा, रिता रिजाल, लक्ष्मी विश्वकर्मा, गीतादेवी राम र बालकुमारी विश्वकर्मा चयन भएका छन् ।
सम्मेलनले कोशीबाट २० जना, मधेशबाट ११ जना, बागमतीबाट १९ जना, गण्डकीबाट १७ जना, लुम्बिनीबाट १८ जना, कर्णालीबाट १३ जना, सुदूरपश्चिमबाट १४ जना र अल्पसंख्यकबाट ४ जनालाई सदस्य चयन गरेको छ । समाजको लेखा आयोगको अध्यक्षमा गोपाल परियार, उपाध्यक्षमा कुमार विश्वकर्मा, सचिवमा नरेन्द्र भित्रिकोटी चयन भएका छन् ।
त्यस्तै, अनुशासन आयोगको अध्यक्षमा अफिलाल ओखेडा, उपाध्यक्षमा गोविन्द पासवान र सचिवमा कृष्ण नेपाली चयन भएका छन् भने निर्वाचन आयोगको अध्यक्षमा सुन्दर विश्वकर्मा, उपाध्यक्षमा शान्ति वर्मा र सचिवमा जयबहादुर विक चयन भएका छन् ।
काठमाडौँमा सम्पन्न सम्मेलनको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Leave a Reply