काठमाडौं । काठमाडौं उपत्यकामा मोबाइलका पार्टपुर्जा अवैध रूपमा चोरी पैठारी गरी बिक्री वितरण गर्ने गिरोहको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
टेकुस्थित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले चावहिलस्थित च:मती क्षेत्रबाट गोप्य सूचनाका आधारमा खटिई उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी काजी कुमार आचार्यले बताए ।
उनीहरू भारत तथा नेपालको विभिन्न स्थानहरूबाट काठमाडौं आएका थिए र मोबाइलका पार्टपुर्जाहरू चोरी पैठारी गरी विभिन्न मोबाइल पसलहरूमा बिक्री तथा भण्डारण गर्दै आएको प्रहरीले जनाएको छ।
बरामद गरिएको सम्पूर्ण सामग्री तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान जारी रहेको जनाउँदै प्रहरीले चोरी पैठारी, राजस्व छली तथा अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी पनि भइरहेको जानकारी दिएको छ।

पक्राउ पर्नेहरु:
1. रोशन कुमार महतो (२७ वर्ष), झापा गौरीगंजका स्थायी बासिन्दा, हाल च:मती, काठमाडौं
2. सिकन्दर रजा (२१ वर्ष), महोत्तरी भटिहानीका स्थायी बासिन्दा, हाल च:मती, काठमाडौं
3. शेष पिर मोहम्मद मोस्तान (३३ वर्ष), भारत तमिलनाडु, हाल हात्तिवन, ललितपुर
4.दिपक शेकर (३० वर्ष), भारत तमिलनाडु, हाल हात्तिवन, ललितपुर
5. भिनोथ कुमार अमर चन्द (४७ वर्ष), भारत तमिलनाडु, हाल हात्तिवन, ललितपुर
6. सत्यनारायण कृष्णमुर्थी (४० वर्ष), भारत तमिलनाडु, हाल हात्तिवन, ललितपुर
7. मोहम्मद रेहान (३१ वर्ष), भारत नयाँ दिल्ली, हाल हात्तिवन, ललितपुर
8. रौनक ठाकुर (२४ वर्ष), भारत नयाँ दिल्ली, हाल हात्तिवन, ललितपुर
बरामद सामग्रीहरू:
– ४४० थान मोबाइल डिस्प्ले (ब्याट्री जडित)
– १४० थान मोबाइल डिस्प्ले (ब्याट्री बिना)
– Redmi कम्पनीको १ थान ट्याब
– Apple कम्पनीको १ थान सेतो Macbook
– Dell कम्पनीको १ थान ल्यापटप
– नेपाली नगद रू. १,०८,५००/-
– १४०० थान केबुल सहितको चार्जर
– ८०० थान फ्लेक्स उपकरण
– ११५० थान मोबाइल ब्याट्रीहरू
– मोबाइल बक्सामा रहेका बटनपत्ता, सिम ट्रे, ब्याक फ्ल्यास, क्यामेरा टुक्राहरू
– विभिन्न कम्पनीका ८ थान मोबाइल

Leave a Reply