काठमाडौं । सगरमाथा आरोहणको मुख्य सिजनको यो समयमा पछिल्ला दिनहरूमा बिग्रिएको काला पत्थर क्षेत्रको वेदर स्टेसन मर्मत गरिएको छ ।
५५४५ मिटर उचाइमा सगरमाथाको आधार शिविर भन्दा अग्लो स्थानको वेदर स्टेसनका वेब क्यामेरा र एन्टेनाको मर्मत गरिएको लोबुचेमा रहेको पिरामिड ल्याबका व्यवस्थापक काजी विष्टले जानकारी दिए ।
विष्टले नेपाल प्रेससँग कुराकानी गर्दै भने, ‘मर्मतपछि डेटाहरु आउन थालेका छन् ।’ विश्वको सबैभन्दा अग्लो स्थानमा सन १९८७ मा बनेको पिरामिड ल्याब सन १९८९ बाट सञ्चालनमा आएको विष्टले बताए । सन २००६ बाट निरन्तर ल्याबमा जोडिएका विष्टले वेदर स्टेसनको मर्मतले हावा, पानी, हिउँ र ग्लोबल रेडिएसन लगायतका तथ्यहरू निकाल्न सहजता भएको बताएका छन् ।

Leave a Reply