काठमाडौं । हिमालमा आवश्यक वातानुकूलित नभईकन बेलायती सेनाका चार सैनिकहरूले सगरमाथाको चुचुरो आरोहण गरेका छन् । सामान्यतया छ देखि सात हप्ता सगरमाथाको आधार शिविर क्षेत्रमा आरोहीहरुले वातानुकूलित हुने अभ्यास गर्ने गर्छन् । बेलायती सैनिकहरूले भने त्यस्तो नगरी चुचुरोमा पुग्ने सफलता पाएका छन् ।
उनीहरूलाई जेनन ग्याँसले साथ दिएर चुचुरोमा पुगेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार द्रुत गतिको आरोहणमा यो नयाँ रेकर्ड भएको बताइएको छ । तर यस्ता खालका रेकर्डहरूको विवाद पनि हुने गरेको छ ।
सगरमाथाको आरोहणकै द्रुत गति भने यो नभएको बताइएको छ । सगरमाथा चुचुरोमा सबैभन्दा छिटो आरोहण गर्नेको रेकर्ड ल्हाक्पा गेलु शेर्पाको नाममा रहेको छ । उनले १० घण्टा ५६ मिनेटमा यो रेकर्ड बनाएका थिए । यो सन २००३ को कुरा हो । तर शेर्पाले आधार शिविरमा वातानुकूलित भएर यो रेकर्ड बनाउन सफल भएका थिए ।

Leave a Reply