अध्यागमनबाट सरुवा भएकै दिन अख्तियारको नियन्त्रणमा परे सहसचिव तीर्थ भट्टराई

काठमाडौं । गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा रेड हान्न गएको अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

गृहमन्त्री रमेश लेखकले भट्टराईलाई हिजोमात्र मन्त्रालय तानेका थिए । उनले रमाना भने लिइसकेका थिएनन् ।

भिजिट भिसामा सेटिङ गरेर रकम असुल्ने गरेकोलगायतको सूचनाको आधारमा अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेको बताइएको छ । अख्तियारको अनुसन्धान टोलीले कार्यालयबाट महत्वपूर्ण कागजातसमेत बरामद गरेको छ ।

यसअघि एलडीओ हुँदा पनि भट्टराईमाथि भ्रष्टाचार मुद्दा लागेको थियो । उनी पटकपटक विवादमा पर्दै आएका व्यक्ति हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *