सुत्केरी व्यथाले छटपटिएकी महिलाको उद्धार गरेकी प्रहरी जवान पुरस्कृत

कैलाली । कैलालीको गोदावरी नगरपालिका-१, वसन्तपुरमा मंगलबार सुत्केरी व्यथा लागेर सडकमा छटपटाइरहेकी चन्द्रा आचार्यको उद्धार गराएकी प्रहरी जवान पुरस्कृत भएकी छन् ।

बुधबार प्रशंसा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरिएको कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले बताए ।

सडकमै व्यथा लागेर लडेकी महिलालाई प्रहरी जवान चन्द्रिका देउवाले सुरक्षित स्थानमा लगिन् । शिशुलाई सुरक्षित जन्म दिएपश्चात चन्द्रिकाले पद्मा अस्पताल पुर्‍याएकी थिइन् ।

अहिले महिला र शिशुको अवस्था सामान्य छ । चन्द्रिकाको कामको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *