नयाँ गभर्नरमा विश्वले मारे बाजी

काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए । यी तीनजनामध्येबाट सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

नव नियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि नै रिक्त थियो । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामुको रूपमा राष्ट्र बैंकको कामकाज भइरहेको थियो ।

Comments

One response to “नयाँ गभर्नरमा विश्वले मारे बाजी”

  1. ksp pyl Avatar
    ksp pyl

    विजमाण्डु नामको दलाल मिडियाले बिचौलियाले निलम ढुङ्गानालाई बोकेका थिए भनेर लेखेछ । राष्ट्र बैंकको बहालवाल बरिष्ठ डेपुटि गभर्नर, पिएचडि होल्डर, करिव ३० वर्ष राष्ट्र बैंकमा काम गरेकोलाई बिचौलियाले बोकेको भन्ने ? दलाल बिजमाण्डुले दलाली खान खोजेको नपाएपछि जे पनि लेख्ने ? यस्ता दलाल, पित पत्रकारिता गर्नेलाई बन्द गर्नुपर्छ । समाजमा वाहियात हल्ला फिजाउने पत्रकार होईन कसैको भाडाको टट्टु हो । यस्ता भाडाका टट्टुलाई ४ पाटा मोडेर शहर घुमाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *