वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२, भगुवास्थित सीमा क्षेत्रबाट सोमबार सशस्त्र प्रहरीले प्रतिबन्धित लागु औषध नियन्त्रणमा लिएको छ । ८१ हजार ४ सय ९० ट्याब्लेट ९८ हजार १ सय ४९ पत्ता ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागु औषध बरामद भएको हो ।
सशस्त्रको नं. १३ गण पर्साबाट खटिएको डीएसपी देवेन्द्रबहादुर सिंहको टोलीले बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदीको बाटो हुँदै कार्टुनमा राखेर लागु औषध ल्याउँदै गर्दा सुरक्षाकर्मी देखेपछि कारोबारी भागेका थिए ।

Leave a Reply