गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित, प्रधानमन्त्रीको प्रश्न- नआउनेलाई कतिचोटि बोलाउने ? (भिडिओ)

काठमाडौं । गणतन्त्र दिवसको तयारीबारे सिंहदरबारमा राखिएको बैठकमा काठमाडौं महागरपालिकाका मेयर बालेन साह अनुपस्थित भएका छन् । गणतन्त्र दिवस मूल आयोजक समितिका पदेन सदस्य रहने काठमाडौंका मेयरको अनुपस्थितिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि प्रकट गरे ।

यसअघि पनि बालेन गणतन्त्र दिवसका तयारी र मुल समारोहमा अनुपस्थित हुने गरेका छन् । प्रधानमन्त्री ओलीले बालेनको नाम नलिइकन लगातार अनुपस्थिति हुनेहरुलाई बोलाइरनु पर्ने कि नपर्ने भनेर प्रश्न गरे । उनले अर्कोपटकदेखि राम्ररी सोधेर आउने भएमात्र नाम राख्न निर्देशन दिए ।

ओलीले भने, ‘कहिले पनि नआउने, तर नाम चाहिँ राखिरहनुपर्ने ? हाइलेभल कमिटीमा सहभागिताका लागि आमन्त्रण गर्दा… एक पटकको कुरा होइन, दुईपल्ट होइन, तीन पल्ट लगातार आएन भने त…. (केही बेर मौनता) पदै जान्छ । अर्कोपल्टसम्म सोधीखोजी गर्नुहोला । हेर्नुहोला रेकर्ड को-को एकपल्ट पनि आउँदैन । आउने हो कि होइन सोधेर आउन नसक्ने भए नाम नराख्नू ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *