ट्रेड टावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यही जेठ १४ गतेदेखि आईपीओ निष्काशन गरिने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५ कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । जसको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिने भएको छ । आईपीओ निष्काशन बन्द छिटोमा जेठ १९ गते हुने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *