काठमाडौं । थाइल्यान्डमा जारी महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर–३ अन्तर्गत नेपालले भोलि युएईसँग खेल्दै छ ।
उक्त खेल बैंककको टेर्डथाई क्रिकेट मैदानमा बिहान पौने ९ बजेबाट सुरु हुनेछ । सुपर–३ को पहिलो खेलमा युएई थाइल्यान्डसँग ५४ रनले पराजित हुँदा नेपालले पहिलो खेल खेल्न लागेको हो । उक्त खेलमा जित निकालेमा नेपाल एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । नेपाल पराजित भएमा भने थाइल्यान्ड र युएई ग्लोबल छनोटमा पुग्नेछन् ।
वर्षाका कारण खेल प्रभावित भएमा मङ्गलवार हुने नेपाल र थाइल्याण्डबिचको खेलले ग्लोबल छनोट खेल्ने टोलीको टुङ्गो लाग्नेछ । पहिलो खेलमा जित निकालेको थाइल्याण्डले ८ अङ्कसहित ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । पहिलो खेलमा हार बेहोरेको युएईको ६ अङ्क छ । भने दुई खेल खेल्न बाँकी नेपालको ५ अङ्क छ । युएई र नेपालमध्ये एक टोलीले मात्रै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछन् ।
युएईसँग पराजित भएमा नेपाल ग्लोबल छनोटमा पुग्ने सम्भावना सकिनेछ । अङ्क बाँडेमा अथवा जित निकालेमा मात्रै नेपालको ग्लोबल छनोट स्थान बनाउने सम्भावना रहनेछ । विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणमा दुई खेलमा जित निकाल्दा एक खेलमा हार र एक खेल वर्षाका कारण प्रभावित भएको थियो । दुई पटक बहराइनलाई हराउँदा हङकङसँग एकपटक अङ्क बढ्यो भने एकपटक हार बेहोर्नुप¥यो ।

Leave a Reply