योगेशले अस्वीकार गरेको गौतम बुद्ध विमानस्थलमा भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा खाण

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिको संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका सांसद मञ्जु खाणलाई दिइएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संयोजकको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारी बहन गर्न उनले अस्वीकार गरेपछि संयोजकको पद रिक्त भएको थियो ।

आइतबार बसेको उपसमितिको बैठकले खाणलाई संयोजक चयन गर्ने निर्णय गरेको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।

उपसमितिको सदस्यमा नेकपा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट श्यामकुमार घिमिरे र मञ्जु खाण, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

सार्वजनिक लेखा समितिले करिव एक वर्ष अघि २०८१ जेठ २७ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सम्पन्न भएका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन नसकेको तथा निर्माणमा त्रुटि रहेको उजुरी परेको भन्दै स्थलगत अध्ययन तथा अनुगमन गर्न उपसमिति गठन गरेको थियो ।

त्यसै दिन राप्रपा सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचार छानबिन गर्न पनि उपसमिति गठन गरेको थियो । लिङदेन नेतृत्वको उपसमितिले भने पोखरा विमानस्थल निर्माणका क्रममा कम्तीमा १० अर्ब रकम भ्रष्टाचार भएको ठहरसहित त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससहित प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाइसकेको छ ।

Comments

4 responses to “योगेशले अस्वीकार गरेको गौतम बुद्ध विमानस्थलमा भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा खाण”

  1. bipin Avatar
    bipin

    tuikaa kp oli ko sarkaar ….temra din gayee

    1. ksp pyl Avatar
      ksp pyl

      ओलिले नियुक्त गरेको हो ? कुरा नबुझी लेख्छस् ? संसदीय समितिमा केपिले भनेको चल्छ कि संसदको आफ्नै नियम हुन्छ ? पैसा नखाई त यस्तो लेखिदैन ।

  2. bipin Avatar
    bipin

    afai choor aruko chan bin kasto kanun yo nepal ko ?

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    समानुपातिकमा परेका नेताकी श्रीमतीबाट उसकै पार्टी र श्रिमान्ले मात्रै पाउने हो। देशलाइ त लोप्पा ख्वाउछन् य्नीहरूले। जनताबाट निर्वाचित हुनै नपर्ने कस्तो अन्यायपूर्ण बिधान हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *