एमालेभित्र मुर्छित ‘आन्तरिक जनवाद’ को ७ बुँदे शल्यक्रिया

गत मंगलबार राति साढे १० बजे नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीभित्रको आन्तरिक विवादपछि भएको भिडन्तमा सख्त घाइते भएका पर्वतका युवा नेता अर्जुन पौडेलको फोटो पोस्ट गर्दै धनुषाको अधिवेशनका बेला भएको झडप र ताप्लेजुङ्गमा राष्ट्रिय युवा संघको कार्यक्रममा भएको विवादलाई समेत सम्बोधन गर्दै एउटा स्टाटस लेखे- “यी सबै घटनाहरू हाम्रो पार्टीभित्र अनुशासनको समस्याका संकेत हुन् । ‘आन्तरिक जनवाद’ को नाममा हुने अराजकता कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।”

उनले पार्टीमाथि बहुआयामिक चुनौतीहरू रहेको र चौतर्फी घेराबन्दी भइरहेको अवस्थामा पार्टीभित्रको एकता, अनुशासन र सिद्धान्तप्रति प्रतिबद्धता कायम अहिलेको पहिलो काम भएको वताएका छन् । सबै घटनाको निष्पक्ष छानबिन गरिनु जरुरी रहेको र दोषीहरूलाई कडा अनुशासनात्मक कारबाही गरिनु पर्ने उनको भनाइ थियो ।

उनले त्यो स्टाटसमा नेता कार्यकर्ताहरूले आ-आफ्नो ठाउँबाट संगठनप्रति जिम्मेवार भएर पार्टीको एकता र अनुशासन सुदृढ बनाउन आवश्यक रहेको पनि औल्याए । यस्ता गतिविधिले आन्दोलनको गौरवशाली इतिहास र जनताप्रतिको उत्तरदायित्वमा धक्का पुर्‍याउने चिन्ता पनि उनको स्टाटसमा छ ।

बलियो जनाधार भएको, “ग्रासरुट” सम्म संगठन भएको, उल्लेख्य सदस्य संख्या भएको, उल्लेख्य जनवर्गीय संगठन र सामुदायिक सम्बन्ध भएको एमाले पछिल्लो समय जनसमर्थनको हिसाबले तीव्र गतिमा ओरालो लागिरहेको छ भन्ने कुरा लुकाउन सकिने विषय रहेन अब । पार्टीसत्ता र राज्यसत्ताको मिष्ठान्न भोजन गर्नेहरूबाहेक सबै चिन्तित छन् ।

एमालेभित्रका तमाम युवाहरुले विश्वास गरेका महेश बस्नेतले जे कुरा उठान गरे, त्यो समय सान्दर्भिक छ । एमालेभित्र पछिल्लो समयमा जे देखिएको छ, त्यो एमाले जीवनका लागि र सिङ्गो कम्युनिष्ट आन्दोलनका लागि समेत घातक छ । महेश बस्नेत जस्तै अन्य नेताहरुले पनि सामाजिक सञ्जालमा, सञ्चारमाध्यममा, सार्वजनिक कार्यक्रममा ती घटनाहरूको निन्दा गरेका छन् ।

यसको अर्थ सवैलाई पार्टी “आन्तरिक जनवाद” का नाममा अराजकतातिर गयो भन्ने हो । यद्यपि एमालेजस्तै आफूलाई ‘कम्युनिष्ट’ दाबी गर्ने ठूला-साना सबै समूहमा यो रोग छ । फरक यत्ति हो कि एउटामा आन्तरिक लफडा भए अर्को हाँस्छ, अर्कोमा भए अर्को हाँस्छ ।

विकल्पविहीन ओलीको अर्थपूर्ण अभिव्यक्ति

पछिल्लो समय एमालेभित्रै श्रंखलावद्धरूपमा यो समस्या देखिएको हुँदा एमालेकै कुरा गरौं । महेश बस्नेतलगायत केन्द्रीय नेताहरूले ‘आन्तरिक जनवाद’ अराजकतातिर गइरहेको छ भन्ने महसुस गरे, तर अराजकतातिर जानुको कारण चाहीँ के हो त ? कसैले भनेका छैनन् ।

यही विषयमा घोत्लिएर सोच्दासोच्दै आँखा अगाडि धेरै दृष्यहरू आए । पछिल्लो एक दृष्य नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति आयो ।

‘केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’ त्यो सँगै उनले प्रष्ट सन्देश दिए ‘अबको २०/२५ वर्ष म जिउँदै हुन्छु र मैले जिउँदो रहेसम्म एमालेको नेतृत्व मैलेबाहेक अरु कसैले गर्दैन ।’

पार्टीभित्र विचारधारात्मक संघर्षमा यसको परावर्तन अनिवार्य छ । अहिले एमालेभित्र यही भइरहेको छ तर विडम्वना के भएको छ भने उक्त पार्टीभित्र सही र गलतका बीचमा अन्तरपार्टी संघर्ष नभई गलत र गलतका बीचमा पद, पैसा र प्रतिष्ठाको लडाइँ भइरहेको छ, जो एउटा कम्युनिस्ट पार्टीमा नभई पुँजीवादी पार्टीमा भइरहने कुरा हो ।

ओलीले यसो अभिव्यक्ति दिइँरहँदा नेता-कार्यकर्ताहरूले ताली पड्काइरहे । पार्टीको अधिवेशन होइन, बैठक होइन, सार्वजनिक कार्यक्रम हो । त्यो कार्यक्रममा आफूलाई पार्टीको आजीवन अध्यक्ष घोषणा गर्ने खालको अभिव्यक्ति दिने र आफ्ना विरुद्धमा आवाज नउठाउन चेतावनी दिने प्रष्ट उद्देश्यका साथ आएको उनको अभिव्यक्तिले एमालेभित्रको ‘आन्तरिक जनवाद’ गुम्सिएको छ भन्ने छनक दिएको छ ।

त्यसो त अध्यक्ष ओलीको यस्तो खालको अभिव्यक्ति पहिलोपटक होइन् । जबजब उनी एमालेभित्र कसैलाई आफ्नो प्रतिस्पर्धी देख्न थाल्छन्, तबतब उनले यस्ता चेतावनीयुक्त सन्देश दिइरहन्छन् ।

जबकी एमालेमा पछिल्ला केही वर्षयता ओलीको विकल्प खोज्ने प्रयास वा दुस्साहस कसैले गरेका छैनन् । तर, पनि उनी २५ वर्ष आफ्नो विकल्प नखोज्न किन चुनौती दिइरहेका छन् ? उनलाई कसको भयले त्यो अभिव्यक्ति दिन बाध्य पारेको हो ?

पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चासो स्वयं उनी र उनी निकटहरुले व्यक्त गरिहरँहदा ओलीलाई त्यो पचाउन गार्‍हो भइरहेको भान हुन्छ । अझ महत्वपूर्ण कुरा त के भने महेशजी जस्ता राजनीतिक सम्भावना भएका नेताहरू पनि अध्यक्ष ओलीको चेतावनीलाई मलजल गर्दैछन् र भन्दैछन् ‘आन्तरिक जनवाद’ का नाममा अराजकता भयो ।’

कोमामा पुगेको आन्तरिक जनवादबारे ७ बुँदे ब्रिफिङ

एमाले नेताहरूले एमालेलाई र “आन्तरिक जनवाद” लाई भलिभाँती बुझेका छन्, मार्क्सको “लोकतन्त्र समाजवादको आधार हो” भन्ने भनाइको पनि राम्रो व्याख्या गर्न सक्छन् । तर, केही जिज्ञासाहरू छन् एमालेभित्रका ‘आन्तरिक जनवाद’ को पक्षमा रहेका नेता-कार्यकर्ताहरूसँगः

१. आन्तरिक जनवाद वा अन्तरपार्टी जनवाद भनेको पार्टीका आधिकारिक कमिटीहरू, अधिवेशनहरू, भेलाहरूमा सम्बन्धित तहका नेता कार्यकर्ताहरूले आफ्ना विचार राख्न पाउने, अरुका विचारहरूको तर्कसंगत खण्डन गर्न पाउने, वैचारिक बहसलाई घनिभूत बनाउने, गुण र दोषको आधारमा नेतृत्वको आलोचना गर्न पाउने वा नेतृत्वलाई गुण र दोषको आधारमा आत्मालोचना गर्न लाउने हो । पार्टीभित्र देखिएका वैचारिक भिन्नता, कार्यप्रणालीगत त्रुटिहरू र व्यवहारिक समस्याहरूको विषयमा निर्धक्कसँग ‘बन्द” कार्यक्रममा बहस गर्ने र निष्कर्षमा पुग्ने हो । पार्टीको नीति र नेतृत्व चयनका लगि निर्धक्कसँग आफ्नो मत प्रकट गर्न पाउनु, नेतृत्वका लागि स्वतन्त्रतापूर्वक आफ्नो इच्छा प्रकट गर्न पाउनु र अरुको विचार र नेतृत्वलाई स्वीकार गर्न पाउनु पनि “आन्तरिक जनवाद” हो । विचार र नेतृत्व भरसक सर्वसम्मत, नभए लोकतान्त्रिक विधिबाट चयन गर्न पाउनु हो ।

पछिल्लो समयमा के पार्टीभित्र र जनवर्गीय तथा पेशागत संगठनहरूमा “आन्तरिक जनवाद” को सही अभ्यास हुने वातावरण छ र ? पार्टीका कमिटीहरू, जनवर्गीय संगठनहरू, पेशागत संगठनहरू, शुभेच्छुक संगठनहरूमा समेत सर्वसम्मत नेतृत्व चयनका नाममा दवाएर राखेको ‘जनवाद’ विस्फोटन हुँदैन र ?

जनवर्गीय संगठनहरूमा सर्वसम्मत नेतृत्व चयनका नाममा ९० प्रतिशत प्रतिनिधिहरूले रुचाएका तर पार्टी कब्जा गरेर बसेका केही नेताले नरुचाएकालाई पाखा लगाएर एसम्यानलाई टीका लगाइएको छ । यसले पार्टी कमिटी र संगठनहरू त कब्जा होलान् तर जनता चाहिँ अर्कैले कब्जा गरिसक्छ ।

२. पार्टी अध्यक्षले सार्वजनिक कार्यक्रममा “केपी ओलीविनाको एमालेको कल्पना नगर्नू’ भन्ने चेतावनी दिनू पनि ‘आन्तरिक जनवाद’ कै अभ्यास मान्ने हो र ? यो विषयमा नेतृत्वको आलोचना गर्न पाइने कि नपाइने ? आलोचना गर्न पाउने अर्थात् ‘जनवाद’ को प्रयोग गर्न पाउनेहरूले यस विषयमा बहस नगर्ने हो महेशजीले भन्नु भएको जस्तो “सिद्धान्त प्रधान” पार्टी बन्छ त ? के यो पार्टी व्यक्ति प्रधान हो र ? आधिकारक फोरममा ‘जनवादी’ शैलीमा बहस गर्ने अधिकार भएकाहरू नै “भयभित” हुन्छन् भने सामाजिक सञ्जालमा, सञ्चारमाध्यममै हो बहस हुने पनि ।

३. पार्टीको आन्तरिक अनुशासन सबैमा लागु हुने होला नि ! होइन र ? वैचारिक वहस गर्ने, प्रशिक्षण गर्ने, पार्टीभित्रको “दुई लाइन“ संघर्षलाई खुला गर्ने कार्यमा पूर्णविराम लाएर पार्टी संस्थापनले गरेका हरेक क्रियाकलाप अनुशासन मान्नु पर्ने, पार्टी पद्धतिसम्मत मान्नुपर्ने, फरक विचार राख्नेलाई समाप्त गर्ने विधि कुन “जनवाद” हो ?

पार्टीको आधिकारिक निर्णयविनै सिंगो पार्टी जीवनमै कलंक लागिरहने गरी गरेका कतिपय निर्णय र ती निर्णय विधिसम्मत भएन भनेर आवाज उठाउनेलाई कारवाही गर्ने निर्णयले थप प्रष्ट पारेको छैन र ‘आन्तरिक जनवाद’ त !

हुन त पार्टी अध्यक्ष केपी ओलीले २०७८ साल भाद्र ३० गते बुटवलमा भएको कार्यकर्ता भेलामै एमालेभित्र जस्तो ‘आन्तरिक जनवाद’ अरु कुनै पार्टीमा नभइरहेको वताएका थिए । यस आधारमा यही पो सही जनवाद पो हो कि भन्ने भ्रम कार्यकर्तामा पर्नु स्वभाविकै हो ।

लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार जनवादी- केन्द्रीयता सम्पूर्ण पार्टी जीवनको संचालनमा जनवादसित केन्द्रिकृत नेतृत्वको जीवन्त मेल हो । यस सिद्धान्तमा जनवाद र केन्द्रियताको द्वन्द्वात्मक स्वरूप रहन्छ र यसको ठीक ढंगबाट प्रयोग नभएको खण्डमा खराब परिणामहरू निस्कने गरेका छन् ।

लेनिन् भन्नुहुन्छ- ‘हामी जनवादी केन्द्रीयताको पक्षमा छौं । जनवादी केन्द्रीयता एकातिर नोकरशाही केन्द्रवादबाट र अर्कोतिर अराजकतावादबाट कति धेरै भिन्न छ भन्ने कुरालाई स्पष्टसित बुझ्नु पर्छ ।’

नेतृत्वले जे-जे मन लाग्यो गर्दै जाने, बोल्दै जाने अनि ग्रासरुटमा काम गर्ने कार्यकर्ताहरूले जनआलोचनाको भारी बोक्नु पर्ने अवस्थ नै आन्तरिक जनवाद हो ? पार्टी अनुशासनका नाममा विमति राख्न पनि नपाउने “जनवाद” कुनै पनि अर्थमा लेनिनवादी संगठनात्मक सिद्धान्त हुन सक्दैन ।

हो, पार्टीभित्र मत व्यक्त गर्ने, बहस गर्ने, नेतृत्वका लागि इच्छा प्रकट गर्ने पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ भने पार्टीको बहुमतद्वारा अस्वीकृत गरिएका विचारलाई र नेतृत्वलाई सम्मान गर्दै बहुमतको निर्णय मान्दै अघि जानु सबैको कर्तव्य हुन्छ । अभ्यासै नगरी वा गर्न नदिई एकलौटी ढंङ्गले केन्द्रीयताको नाममा दिइएको निर्देशनको परिणाम हिजोआजका घटनाहरू हुन् ।

पार्टी अध्यक्षले सार्वजनिक कार्यक्रममा “केपी ओलीविनाको एमालेको कल्पना नगर्नू’ भन्ने चेतावनी दिनू पनि ‘आन्तरिक जनवाद’ कै अभ्यास मान्ने हो र ? यो विषयमा नेतृत्वको आलोचना गर्न पाइने कि नपाइने ? आलोचना गर्न पाउने अर्थात् ‘जनवाद’ को प्रयोग गर्न पाउनेहरूले यस विषयमा बहस नगर्ने हो महेशजीले भन्नु भएको जस्तो “सिद्धान्त प्रधान” पार्टी बन्छ त ? के यो पार्टी व्यक्ति प्रधान हो र ? आधिकारक फोरममा ‘जनवादी’ शैलीमा बहस गर्ने अधिकार भएकाहरू नै “भयभित” हुन्छन् भने सामाजिक सञ्जालमा, सञ्चारमाध्यममै हो बहस हुने पनि ।

चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङ्गले एउटा जीवन्त कम्युनिष्ट पार्टीभित्र बैचारिक हिसावले पार्टीभित्र दुई लाइन संघर्ष चल्छ भन्नुभएको छ । यो खालको संघर्षलाई सञ्चालन गर्ने विधि भनेको जनवादी केन्द्रीयता अनुसारमा खुल्ला लडाई गरिनु पर्दछ भन्ने हो । यसरी माओको दुई लाइन संघर्षको अवधारणाले उहाँको बुझाई र कार्यान्वयनमार्फत वर्गहरू, वर्ग सङ्घर्ष र अन्तरपार्टी सङ्घर्षलाई एउटा सही द्वन्द्वात्मक पद्धतिमा ल्याउने प्रयास गरेको थियो ।

के सही हो भने कम्युनिस्ट पद्धति, जो द्वन्द्वात्मक भौतिकवादमा आधारित हुन्छ समाजमा विद्यमान वर्गहरूको परावर्तनको रूपमा कम्युनिष्ट पार्टीभित्र बेठिक मतहरूलाई हेर्नु आवश्यक हुन्छ । यसरी जुन लामो समयसम्म समाजमा वर्गसंघर्ष निरन्तर भइरहन्छ ।

पार्टीभित्र विचारधारात्मक संघर्षमा यसको परावर्तन अनिवार्य छ । अहिले एमालेभित्र यही भइरहेको छ तर विडम्वना के भएको छ भने उक्त पार्टीभित्र सही र गलतका बीचमा अन्तरपार्टी संघर्ष नभई गलत र गलतका बीचमा पद, पैसा र प्रतिष्ठाको लडाइँ भइरहेको छ, जो एउटा कम्युनिस्ट पार्टीमा नभई पुँजीवादी पार्टीमा भइरहने कुरा हो ।

४. एमालेभित्रका आश लाग्दा नेताहरूले पार्टी वैचारिक ज्ञान, अनुशासन, आन्तरिक जनवाद र जनवादी केन्द्रीयताको विषयमा निर्मम समीक्षा गर्ने आँट गरे त कहिल्यै ? केन्द्रीय नेताहरू स्वयंले मातहतका कार्यकर्ताहरुलाई गुट-उपगुटमा विभाजन गरिराख्ने, नीतिभन्दा बढी नेतृत्व हत्याउनमा जोडबल लाउनु भन्ने प्रष्ट निर्देशन दिइरहन अहिलेको निर्ममत सत्य हो ।

अनि टाउका फुट्दा ‘आन्तरिक जनवाद’ को चिन्ता गर्ने परिपाटीले एमालेभित्र जनवादको नाममा हिङ त दूरको विषय, हिङ बाँधेको टालोसमेत बाँकी रहने छैन । कुनै नेताले कहिल्यै पार्टी जीवनको निर्मम समीक्षा र निर्मम आत्मसमीक्षा गर्न सके ? यदि गरेका छन् भने आत्मालोचित हुनुपर्ने अवस्था भेटियो ? अनि आत्मालोचना गर्ने हिम्मत हिम्मत जुटाउन सकियो ?

५. पछिल्लो लामो अवधिमा पार्टी प्रशिक्षणको नाममा हुने कार्यक्रममा पार्टीभित्रैका र फरक पार्टीका मान्छेलाई गाली गर्ने बाहेक वैचारिक-संगठनात्मक विषय कति सिकाइन्छ ? वैचारिक-सैद्धान्तिक कार्यकर्ताले मात्रै होइन र हरेक द्वन्द्वलाई वैचारिक राजनीतिकरूपमा विश्लेषण गर्न सक्ने ? नेतृत्व जसरी पनि हत्याउन र पार्टीभित्रैको अर्को गुटलाई जसरी पनि समाप्त गर्नका लागि प्रशिक्षित गरिएका कार्यकर्ताहरूले यत्तिको त गरिहाल्छन् नि ! हैन र ?

६. एमालेभित्र सम्भावना बोकेको नेताहरू धेरै छन् । तर, किन नेतृत्वको अराजक अभिव्यक्ति, गैर जनवादी कार्यशैलीप्रति मौन छन् भन्ने प्रश्नको उत्तर खोजिनु जरुरी छ । के को “भय” ले सताइरहेको हो ? संसदमा, सामाजिक सञ्जालमा, सञ्चारमाध्यममा, चिया गफहरूमा आएका अभिव्यक्तिले केन्द्रीय कमिटीको बहुमत हिस्सा वर्तमान अध्यक्षको कार्यशैली, उनका अभिव्यक्ति र उनले नेतृत्व गरेको वर्तमान सरकारका गतिविधिप्रति सन्तुष्ट छैनन् भन्ने प्रष्ट हुँदाहुँदै पनि किन केन्द्रीय कमिटीमा आन्तरिक जनवादको उपभोग गर्न सकिरहेका छैनन् ? के सबैले बिन्दा, उषाकिरणहरू हुन सक्ने खतरा महसुस गरेकै हुन् त ?

७. अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको छ । के सरकारले गरेका हरेक काम सही देखिरहेका छन् त सरकारमा सहभागी बाहेकका एमाले नेताहरूको आँखाले ? पार्टीको बैठकमा सरकारको कामको निर्मम समीक्षा गर्ने, आलोचना गर्ने चेत छैन र एमालेहरूमा ?

टाउका फुट्दा ‘आन्तरिक जनवाद’ को चिन्ता गर्ने परिपाटीले एमालेभित्र जनवादको नाममा हिङ त दूरको विषय, हिङ बाँधेको टालोसमेत बाँकी रहने छैन । कुनै नेताले कहिल्यै पार्टी जीवनको निर्मम समीक्षा र निर्मम आत्मसमीक्षा गर्न सके ?

लेनिनले भनेका छन्- ‘जो नेताहरूले सत्यलाई जानेका हुन्छन् र आम जनतालाई अज्ञानी र मन्दबुद्धिका ठानेर सो सत्य उनीहरुलाई बताउँदैनन्, तिनीहरू सर्वहारा नेता होइनन् ।……. सर्वहारावर्गलाई सत्य चाहिएको छ ।’

बलियो जनाधार भएको, “ग्रासरुट” सम्म संगठन भएको, उल्लेख्य सदस्य संख्या भएको, उल्लेख्य जनवर्गीय संगठन र सामुदायिक सम्बन्ध भएको एमाले पछिल्लो समय जनसमर्थनको हिसाबले तीव्र गतिमा ओरालो लागिरहेको छ भन्ने कुरा लुकाउन सकिने विषय रहेन अब । पार्टीसत्ता र राज्यसत्ताको मिष्ठान्न भोजन गर्नेहरूबाहेक सबै चिन्तित छन् ।

एमालेमा अहिले आन्तरिक जनवाद भनेकै पार्टी संस्थापनले खटाएका नेताले तोकेका व्यक्तिहरुलाई सर्वसम्मत चयन गरिदिनु जस्तो भएको छ । जनता र कार्यकर्ताबाट तिरस्कृतहरू पार्टीका नेताबाट पुरस्कृत गर्दा कमिटी त कब्जा होलान् तर जनता र शुभेच्छुक समर्थकको ठूलो हिस्साको विश्वास गुमिसक्नेछ ।

अतः एमालेहरूले एमालेभित्रको आन्तरिक जनवाद जोगाउने हो भने पहिलो कुरा पार्टीका आधिकारिक कमिटीहरूमा जनवादको भरपूर अभ्यास हुने वातावरण बनाउनु पर्छ । त्यसका लागि कार्यकर्ताहरूलाई वैचारिकरूपमा तयार गर्न सक्नुपर्छ ।

अहिले एमालेभित्रको बहुसंख्यक जमात जनवाद र जनवादी केन्द्रीयता भनेको के हो भन्ने विषयमै रनभूल्ल छ, एमालेको सिद्धान्त के हो भन्ने विषयमै अन्यौल छ । यो जमातले आफ्नो गुटको प्रमुखलाई मात्रै नेता ठान्दछ । त्यो देखि बाहेक यसले न विचारलाई नेता मान्दछ न अरु कुनै नेतालाई । यस्ता नेताहरूलाई वैचारिक राजनीतिको कसीमा ल्याउनु जरुरी छ । त्यसपछि नेतृत्वले सार्वजनिक कार्यक्रममा बोल्ने विषयमा जनवादी केन्द्रीयताकै सिद्धान्तअनुसार लगाम लगाउनु जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *