ग्रामथान गाउँपालिकाका अध्यक्षद्धारा वडाअध्यक्षलाई ज्यान मार्ने धम्की

विराटनगर । नेकपा माओवादीबाट उप निर्वाचनमा निर्वाचित भएका ग्रामथान गाउँपालिका मोरङका अध्यक्ष नमोनारायण माझीले वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई गाली गलौज र अप शब्द बोल्दै ज्यान मार्ने धम्की दिएका छन् । ग्रामथान गाउँपालिकामा वडाहरूमा दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडा माथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएका छन् ।

वडा कार्यालयमा भुक्तानी रोकिएको विषयमा वैशाख ३० गते दबाब मूलक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमबाट फर्कने क्रममा नमोनारायण माझीका निकट गयानन्द माझीले ज्यान मार्ने धम्की दिएका थिए । यस्तै ग्रामथान गाउँपालिका वडा नम्बर २ पिडार बनी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा अध्यक्ष माझीले वडाध्यक्ष खतिवडालाई सार्वजनिक स्थलमा लागी गलौज समेत गरेका थिए ।

वडाध्यक्ष खतिवडा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष खतिवडाले पालिका अध्यक्ष माझीले आफू माथि गाली गलौज गरी ज्यान मार्ने धम्की दिएको बताए ।

उनले भने, अध्यक्ष नमोनारायण माझी, गयालाल माझी लगायत ४/५ जना व्यक्तिहरू कार्यक्रम हलमा प्रवेश गरी अध्यक्ष स्वयम्ले मलाई मुद्दा लगाउने तथा लेखा शाखाको काम अवरुद्ध गर्ने लगायत गाउँपालिकामा भएका सम्पूर्ण गतिविधिको प्रमुख योजनाकार तपाई नै हो भनी आरोप लगाउँदै ठेगान लगाउने धम्की दिनु भयो ।

यसै बिच नेकपा एमाले मोरङले घटनाको विरोध गरेको छ । एमाले मोरङले विज्ञप्ति निकाल्दै माझीलाई कारबाही हुनु पर्ने माग राखेको छ ।

Comments

One response to “ग्रामथान गाउँपालिकाका अध्यक्षद्धारा वडाअध्यक्षलाई ज्यान मार्ने धम्की”

  1. ksp Avatar
    ksp

    यो अराजक माझीले पार्टी त ठिकै रोजेछ । आफूजस्तै पार्टी रोजेछ । तर एमालेलाई धम्कि चाहिँ दिने होईन । एमाले तिमीहरूजस्तो अराजक होईन ,जिम्मेवार पार्टी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *