निश्चल बस्नेतको सङ्गीतमा ‘के घर के डेरा : घर नं २’को ‘ढुङ्गा देउता भयो’ गीत सार्वजनिक

काठमाडौं । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा : घर नं २’को ‘ढुङ्गा देउता भयो’ बोलको गीत सार्वजनिक भएको छ।

निर्माणपक्षले चलचित्र रिलिजको केही घण्टा अगाडि यो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा बुद्धिसागरको शब्द रचना छ। निश्चल बस्नेतको सङ्गीत रहेको गीतमा सलिन मगरको स्वर छ ।

गीतमा सङ्घर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने भाव प्रकट गरेको छ। भने सपना नै जिन्दगी जिउने आधार बन्ने यथार्थलाई गीतले उजागर गरेको छ । गीतको भिडियोका चलचित्रको मुख्य कलाकारहरू केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन् । आजबाट प्रदर्शनमा आएको यो चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन।

No description available.

दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, संयोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको छायाङ्कन रहेको यो चलचित्रको कार्यकारी निर्मातामा युवराज कार्की छन् भने निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *