काठमाडौं । यही जेठ ९ गते रिलिज हुने चलचित्र ‘नरसिंहाः अवतार’को ‘मेरी प्यारी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । बाबु र छोरीको प्रेम देखाइएको गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल कलाकार एल्भिना खड्का फिचर्ड छन् ।
गीतमा स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजीवजंग बस्नेत, दीपा शाहीलगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा नेम महर्जन, नरेन्द्र महर्जन, दीपकप्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ । चन्द्र पन्तको कथा रहेको यस चलचित्रमा राजु तामाङको एक्सन, राजु थापाको डीओपी र साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

Leave a Reply