आक्रामक लयमा फर्किए आदिल अन्सरी

काठमाडौं । साढे २ वर्षपछिको निलम्बनपछि क्रिकेटमा फर्किएका आदिल अन्सरीले आक्रामक लय कायम राखेका छन् । निलम्बनपछि आदिलले पहिलो प्रतियोगिताको रुपमा तेस्रो जनकपुर धाम मेयर कप क्रिकेट प्रतियोगिता खेलेका हुन् ।

आक्रामक शैलीमा ब्याटिङ गर्ने आदिल पहिलो खेलमा पर्साविरुद्ध डकआउट भएका थिए । त्यसपछिका खेलमा भने आफ्नो आक्रामक शैली कायमै राखेका छन् । बाराबाट उक्त प्रतियोगिता खेलिरहेका उनले दोस्रो खेलमा दिल्लीविरुद्ध २० बलमा ३३ रन बनाए । सेमिफाइनलमा आदिलले ४३ बलमा ८० रन बनाउँदै शानदार ब्याटिङ गरेका थिए । उनले मुजफ्फरपुरविरुद्ध ७ छौका र ५ छक्का प्रहार गरेका थिए ।

फाइनलमा लखनउविरुद्ध २१ बलमा अर्थशतक पूरा गरे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनको उत्कृष्ट ब्याटिङका बाबजुद बारा लखनउसँग ८ विकेटले पराजित हुन पुग्यो । लखनउले उक्त प्रतियोगिताको उपाधि जित्न सफल रह्यो । प्रतियोगिताभर उनले बलिङ गर्ने अवसर भने पाएनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *