राजु पाण्डेको ज्यादतीविरुद्ध व्यवसायी अदालतमा, डिजिटल बोर्ड नहटाउन महानगरलाई अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले नियमबमोजिम राखिएका डिजिटल बोर्डहरू जबरजस्ती नहटाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले गुण्डागर्दी शैलीमा विभिन्न ठाउँमा राखिएका डिजिटल बोर्ड हटाएको भन्दै व्यवसायीले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेल र हेमन्त रावलको संयुक्त इजलासले शुक्रबार महानगरपालिकालाई अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै एसटिआर एडभरटाइजलगायत निवेदकले सन्चालन गरेका डिजिटल बोर्ड यथावत सञ्चालन गर्न दिन भनेको हो ।

वर्ल्ड ट्रेड सेन्टर, दरबारमार्ग, सुन्धारालगायतका मलहरूमा राखिएका बोर्ड महानगर प्रहरी बलका प्रमुख पाण्डेकै नेतृत्वमा जबर्जस्ती हटाउन थालिएपछि व्यवसायीले अदालत गुहारेका हुन् । महानगरबाट अनुमति लिएर राखिएका बोर्ड नहटाउन भन्दा पाण्डेले व्यवसायीलाई मेरो मर्जी भन्दै दुर्व्यवहार गरेको आरोप छ ।

व्यवसायीले महानगर प्रहरीको गुण्डागर्दीविरुद्ध सीडीओलाई समेत लिखित निवेदन दिएर गुहारेका छन् ।

Comments

One response to “राजु पाण्डेको ज्यादतीविरुद्ध व्यवसायी अदालतमा, डिजिटल बोर्ड नहटाउन महानगरलाई अन्तरिम आदेश”

  1. ksp pyl Avatar
    ksp pyl

    अन्तिम फैसला हटाउन मिल्छ भनेर आओस् ।महानगर अदालतले होईन जनप्रतिनिधिले चलाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *