न्याय सेवाका ७ सहसचिव र २५ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले ७ सहसचिव र २५ उपसचिवको सरुवा गरेको छ । आयोगको शुक्रबारको बैठकले लोक सेवा आयोगमा कार्यरत सहसचिव पुष्कर सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, राष्ट्रपतिको कार्यालयमा कार्यरत किशोरकुमार चौधरीलाई लोक सेवा आयोगमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कार्यरत लिलाधर सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरेको छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा कार्यरत राजमी दनाईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा विशेष पदमा कार्यरत शुभाषकुमार भट्राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, कानून मन्त्रालयमै विशेष पदमा कार्यरत उर्मिला जिसीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ भने कानून मन्त्रालयमै विशेष पदमा कार्यरत मानबहादुर बस्नेतलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा सरुवा गरेको छ ।

आयोगले नेपाल न्याय सेवा, न्याय समूहतर्फका अमित उप्रेतीलाई सर्वोच्च अदालतको सहरजिष्ट्रार (विशेष पद) मा पदस्थापन गरेको छ । विवेककुमार बराललाई महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्तामा विशेष पदमा पदस्थापन गरेको छ ।

आयोगले शुक्रबार नै ३ सहसचिव र १९ शाखा अधिकृतको नियुक्ति तथा पदस्थापन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *