रवि र छविलाई सुनुवाइ भइराखेको जानकारी दिन अदालतको आदेश

पोखरा । रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइ भइराखेको जानकारी दिन उच्च अदालत पोखराले आदेश दिएको छ । थुनामा रहेका रवि र छविलाई जानकारीविनै सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ भैरहेको प्रश्न आएपछि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्‍नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले सुनुवाइका बारेमा जानकारी दिन आदेश दिएको हो ।

आरती गुरुङ, मीना गुरुङ, रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरुङका हकमा सुनुवाइलाई निरन्तरता दिने अदालतले जनाएको छ । सुर्यदर्शन सहकारी ठगी मुद्दामा निवेदकका तर्फबाट उपन्यायाधिवक्ताद्वय सुरेन्द्रराज काफ्ले र दशरथ पंगेनीले बहस गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *