गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप (भिडिओ)

बैतडी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने पद भए पनि सरकार चलखेलमा लागेको दाबी गरे ।

पार्टीले चलाइरहेको अभियान सरकारले भ्रष्टाचारीको संरक्षणमा लागेको सरकारको विरुद्ध भएको पनि बताए ।

उनले भने, ‘हामीले ठूलो चुनौती सरकारलाई दिइरहेका छौं । पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो । त्यसकाविरुद्ध अहिलेको गठबनधन सरकार बन्यो । अहिले पनि यो सरकारले धेरै भ्रष्टाचारको संरक्षण मात्रै होइन, भ्रष्टाचार पनि गर्दैछ । त्यसको उदाहरण हो भूमिसम्बन्धी ऐन । गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो । अहिलेसम्म नियुक्ति गर्नको सकेको छैन । त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन् ।’

उनले यो सरकार राष्ट्र र जनताको हितविपरीत गइरहेको दाबी गरे ।

Comments

One response to “गभर्नर नियुक्तिमा चलखेल र प्रपञ्च भइरहेको प्रचण्डको आरोप (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीको चलखेलको गोटीले अरूलाई के भन्नू खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *