जिबी राई नेपाल पठाउने भूमिका खेल्न मलेसियाको संसदीय प्रतिनिधि मण्डललाई सूर्य थापाको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सहकारी ठगीमा फरार रहेका जिबी राई नेपाल पठाउने भूमिका खेल्न मलेसियाको संसदीय प्रतिनिधि मण्डललाई आग्रह गरेका छन्। बिहिबार भएको मलेसियाका संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा थापाले राईलाई नेपाल पठाउने भूमिका खेल्न आग्रह गरेका हुन्।

भेटबारे जानकारी दिँदै उनले भनेका छन्, ‘सहकारीका बचतकर्ताहरूको बचत अपचलन, दुरुपयोग र ठगीमा संलग्न भई फरार रहेको गितेन्द्रबाबु राई सपरिवार सेकेण्ड होम मलेशिया स्किमअन्तर्गत त्यहाँ बसिरहेको हुँदा उनलाई नेपाल पठाउने भुमिका खेलिदिन उहाँहरूसमक्ष विशेष अनुरोध गरेको छु।’

प्रतिनिधि मण्डललाई जीबी राई सहकारीको बचत रकम दुरुपयोग गरी फरार भएर विदेशमा लुकिबसेकामध्ये संसदीय छानविन विशेष समितिले खोजेर देशमा ल्याई कारबाही चलाउन निर्देशन दिएका २९ जनामा पहिलो नम्बरमा नाम रहेको व्यक्ति रहेको र करिब ८ अर्ब बचत अपचलन र ठगी गरेको तथ्यसमेत जानकारी गराइएको बताए।

थापा सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बिशेष समितिको सभापति समेत हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *