प्रचण्डको दाबी-अबका दिन हाम्रो हुनेछ

बैतडी । नेकपा माओवादी केन्द्रको भोलिदेखि मध्य पहाडी लोकमार्गको अभियान सुरू हुँदैछ। अभियानको सुरुआत गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका बैतडीको पाटन जाँदैछ।

जाने क्रममा कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापन पत्र समेत बुझे।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी, सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए।

स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको भन्दै उनले भने, ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ। अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *