पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले दियो १ अर्ब डलर, भारतको रोक्ने प्रयास असफल

काठमाडौं । भारतको चर्को विरोधका बाबजुद अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)ले पाकिस्तानलाई एक अर्ब डलर ऋण प्रदान गरेको छ । भारत र पाकिस्तानबीच युद्ध चलिरहेकै बेला आएमएफको बोर्डले ७ अर्ब डलर ऋणको दोस्रो किस्ता स्वीकृत गरेको थियो ।

पाकिस्तानको आर्थिक रिकभरीका लागि आइएमएफले कार्यक्रम लागू गर्न तत्परता देखाएको हो । पाकिस्तानलाई सो किस्ता नदिन भारतले अन्तर्राष्ट्रिय समुदायमा लबिङ गरेको थियो तर रोक्न असफल भएको बीबीसीले जनाएको छ । भारतले यसको औपचारिक विरोध गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पर्यावरणीय जोखिम र प्राकृतिक विपत्तिसँग लड्नका लागि पाकिस्तानले गरेका प्रयासलाई समर्थन कायमै राख्ने प्रष्ट पारेको छ । उसले भविष्यमा १ अर्ब चालिस करोड डलरको बेग्लै किस्ता पनि पाकिस्तानले पाउने संकेत गरेको छ ।

यसैबीच भारतले आइएमएफको यो निर्णयको कडा शब्दमा विरोध गरेको छ । उसले पाकिस्तानको खराब रेकर्ड देख्दा देख्दै सो रकम दिइएकोमा त्यसको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

उसले मुद्रा कोषको यो रकम सरकार प्रायोजित सीमापार आतंकवादमा प्रयोग गर्ने खतरा रहेको दाबी समेत गरेको छ ।

भारतले आइएमएफको यो निर्णयले उसको प्रतिष्ठा जोखिममा पर्ने भन्दै वैश्विक मूल्यको मजाक उडाएको आरोप लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *