काठमाडौं । अमेरिकामा लगानी बढाउने उद्देश्य लिएर साउदी अरबमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका अन्तरिम नेतालाई भेटेका छन् । सिरियाका सुन्नी मुसलमान समुदायको प्रतिनिधित्व गर्ने अन्तरिम नेता अहमद अल साराले सुन्नी मुसलमानको शक्ति देश साउदीमा आएका ट्रम्पसँग भेट गरेका हुन् ।
भेटसँगै सिरियामाथि लागेको अमेरिकी नाकाबन्दी खुला गरिएकोमा उत्सव मनाइएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार ट्रम्पले कतारमा जानु भन्दा अगाडि सिरियाका नेता अहमद अल सारालाई भेटेका हुन् ।
गत डिसेम्बरसम्म अमेरिकाले अल सारालाई पक्राउ गर्ने जो कोहीलाई एक करोड अमेरिकी डलर इनाम दिने घोषणा गरेको थियो । नाकाबन्दी अन्त्यको बारेमा ट्रम्पले सिरियालाई एक मौका दिएको बताएका छन् ।

Leave a Reply