पूर्वअर्थमन्त्रीको आरोप- अर्थ मन्त्रालयमा अहिले जस्तो बेथिति अरूबेला थिएन

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले अर्थ मन्त्रालयमा बेथिति बढेको आरोप लगाएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्र सम्बन्धि काकार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उनले भने, ’अहिले जस्तो बेथिति अर्थ मन्त्रालयमा छैन ।’

पूर्वअर्थमन्त्री पाण्डेले आफ्नो पालाभन्दा अहिले अर्थ मन्त्रालय थप खराब भएको दोहोर्याए । ’ब्यूरोक्रेसीमा सबै जान्ने भन्ने मानसिकता छ, यो मानसिकता हटाउनुपर्छ, अहिले थप भद्रगोल भयो’, उनले भने ।

त्यस्तै उनले आवास र जगगामा उच्च कर लगाउनु पर्ने सुझाव दिए । यस्तो कर विस्तारै ४० प्रतिशत पुर्याउनु पर्ने उनको सुझाव छ ।

 

Comments

One response to “पूर्वअर्थमन्त्रीको आरोप- अर्थ मन्त्रालयमा अहिले जस्तो बेथिति अरूबेला थिएन”

  1. RK Avatar
    RK

    कमरेट सुरेन्द्र लाई त कम्यूटर का तार काट्ने मुसो काल खन्ड सबै भन्दा उत्तम लाग्दो होला नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *