बनेपा । सोमबार खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको आज पनि खोजी कार्य जारी छ ।
सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाएर बेपत्ता भएकी ३३ वर्षीया रेनुका गिरीको खोजीमा सशस्त्र प्रहरीले गोताखोरसहितको टोली परिचालन गरेको हो ।
सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्रको अस्थायी सुरक्षा बेश पनौतीबाट इन्स्पेक्टर भीमसेन केसीको कमाण्डमा खटिएको टोलीले फेला नपारेपछि अर्को टोली पनि खटाइएको छ ।
रेनुकाकै खोजीका निम्ति आज बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं। १५ गण काभ्रेबाट डीएसपी विश्वनाथ जिसीको नेतृत्वमा विपद् व्यवस्थापनसहितको टोली परिचालन भएको छ ।
उक्त टोलीमा पानीको तल्लो सतहसम्म खोजी गर्ने क्षमताका गोताखोर पनि रहेको सशस्त्रले जनाएको छ । गिरिलाई हिजो खेतबारीको काम गरेर फर्कदै गर्दा खोलाले बगाएको थियो ।

Leave a Reply